• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

बिहारमा आगलागी हुँदा १३ जनाको ज्यान गयो

बिहारमा आगलागी हुँदा १३ जनाको ज्यान गयो
विहार, बैशाख ११ गते । 
 बिहारको औरंगावाद जिल्लामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।
 
आगलागी दाउदनगर प्रखंडस्थित तरार गाँउको हरिनगर टोलमा भएको थियो । दाउदनगरका एक सरकारी अधिकारी अशोक प्रसाले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ ।  उनले मृतको संख्यामा बृद्धि हुनसक्ने जनाएका छन् ।
 
एक आपसमा जोडिएका तीन घरमा आगलागी भएको थियो । बाहिर निस्कने ढोकाबाट आगो लागेका कारण घर भित्र रहेका मानिस निस्कन पाएका थिएनन् ।
 
आगलागी शुक्रबार दिउँसो तीन बजे लागेको जनाइएको छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।
 
आगलागी भएको घरमा तिलक समहारोहका लागी आएका आफन्त र परिवारजनको जमघट रहेको जनाइएको छ ।
 


यसमा तपाईको मत