• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

टर्कीमा आइएसका ९३ लडाकू पक्राउ

टर्कीमा आइएसका ९३ लडाकू पक्राउ

कात्तिक २४ गत्ते ।
टर्कीको इस्तानबुल र दक्षिणी प्रान्त आदानामा टर्की प्रहरीले इस्लामिक स्टेट्स ९आइएस० का ९३ जना आतङ्ककारी पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले यसको जानकारी दिएका छन् । समातिएका आइएस आतङ्ककारीहरु प्रायः विदेशी भएको जनाइएको छ ।

इस्ताबुलका १४ वटा स्थानमा सँगसँगै गरेको प्रहरी कारबाहीमा ८२ व्यक्ति समातिएका सरकारद्धारा सञ्चालित सञ्चारमाध्यम आनादोलुले जनाएको छ ।

त्यसैगरी आदाना प्रान्तमा भएको प्रहरी कारबाहीमा ११ जना सिरियाली पक्राउ परेको जनाइएको छ । – रासस
 



यसमा तपाईको मत