• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

इरान–इराक भूकम्प अपडेट स् मृत्यु हुनेको संख्या ३ सय ३० पुग्यो, कम्तीमा ४ हजार मानिस घाइते

इरान–इराक भूकम्प अपडेट स् मृत्यु हुनेको संख्या ३ सय ३० पुग्यो, कम्तीमा ४ हजार मानिस घाइते
२७ कार्तिक २०७४ 
इरान र उत्तरी इराकको सीमा क्षेत्रमा गएको ७।३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ३ सय ३०  पुगेको छ  ।  इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको भूकम्पबाट कम्तीमा ४ हजार मानिस घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । मृत्यु हुनेमा धेरैजसो इरानको पश्चिमी क्षेत्र केरमान्साका रहेको बताएको छ । ७० हजार मानिसहरु सुरक्षित स्थानमा आश्रय लिइरहेको इरानी समाचार एजेन्सीले जानकारी दिएको छ । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएका थिए । इराकको राजधानी बग्दादस्थित ठूला स्पीकरहरु राखेर प्रार्थना भइरहेका छन्। इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ।  इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्। अन्य गाउँहरुमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ।भूकम्पको धक्का टर्की र इजरेलमा पनि महसुस गरिएको थियो। बीबीसी 
 


यसमा तपाईको मत