• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

अर्जे्न्टिनाका अग्युरो मध्यान्तरमा बेहोस

अर्जे्न्टिनाका अग्युरो मध्यान्तरमा बेहोस

कात्तिक २९ गत्ते ।
विश्वकप फुटबलको तयारी स्वरुप मंगलबार राति भएको मैत्रिपूर्ण खेलको हाफ टाइममा बेहोस भएपछि अर्जे्न्टिनाका सर्जियो अग्युरोलाई अस्पताल लगिएको छ । रुसमा भएको नाइजेरियासँगको खेलमा अर्जे्न्टिनाका लागि पहिलो हाफमा गोल गरेका अग्युरो बिश्राम समयका बेला ड्रेसिङ रुपमा बेहोस भएका हुन् । उनलाई लगतै अस्पताल लगिएको थियो । मेस्सी बिना खेलेको अर्जे्न्टिना दोस्रो हाफमा अग्युरो बिना नै मैदानमा गयो । नाइजेरियाले उसलाई ४–२ ले हरायो । अग्युरोलाई थप समस्या नआओस् भन्नका लागि अस्पताल लगिएको अर्जे्न्टिनाको फुटबल एसोसिएसनले जनाएको छ ।
मेस्सी बिनाको अर्जे्न्टिना नाइजेरियासँग र्हायो
२९ वर्षका अग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेको अर्जे्न्टिनामको एफएले जनाएको छ । ट्वीट मार्फत अग्यरो टिमका अरु साथीसँगै होटल गएको जानकारी दिइएको हो । अग्युरोलाई ड्रेसिङ रुममा रहेका बेला रिंगटा लागेको थियो ।
 



यसमा तपाईको मत