• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

नियत सुधारे हुन्छ , प्रहरीलाई घुँडामुनि गोली हान्ने तालिम दिनुपर्दैन (विचार)

नियत सुधारे हुन्छ , प्रहरीलाई घुँडामुनि गोली हान्ने तालिम दिनुपर्दैन (विचार)
शैलेन्द्र क्रान्ति-
बडो अचम्म छ । प्रहरीलाई अव घँुडामुनि गोली हान्न तालिम दिँदै छ अरे । मधेश आन्दोलको क्रममा भिडलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि पाँच दर्जन मधेशीहरुको ज्यान गएको भन्दै अव घुँडामुनि गोली हान्ने नेपाल प्रहरी र शस्त्र प्रहरीलाई तालिम दिन लागेको हो । यो त अत्यन्तै हस्यास्पद र लाजमर्दो कुरा हो । जहाँ नियत खराब हुन्छ त्यहाँ कानुनको कुनै औचित्य रहँदैन । यो सब देखाबा हो ।
 
घुँडा मुनि गोली हान्नु पर्छ भन्ने कुरा कुन प्रहरीलाई पहिला तालिममा सिकाईदैन । सरकारको निर्देशनमा मधेश आन्दोलनमा मधेशी जनतालाई ताकी ताकी टाउको , छाती पेट लगायत संवेदनशील अंगमा मात्र प्रहरीले गोली हानी हत्या गरेका छन् । जुन कुरा कसैबाट लुकेको छैन । हैन भने छतमा सुतेको मान्छे कसरी गोली लागेर मर्छ, बजार गएका बटुवा कसरी गोली लागेर मर्छ , मन्दिरमा खेलि रहेको बच्चा कसरी गोली लागेर मर्छ , मन्दिरमा पुजा गर्न गएकी महिला कसरी छातीमा गोली लागि मर्छ । नेपाल सरकारले यो सबै देखाबटी नाटक गरेर मधेशीलाई पत्याउन खोजेको हो । तर सरकारले अव यति बुझे हुन्छ की मधेशी जनता मुर्ख हैन । सरकारले चाल्न सक्ने कदमको विषयमा मधेशी जनता धेरै आगाडीसम्म ज्ञान राख्दछ ।
 
आज घुँडा मुनि तालिम नै प्रदान गरिएका सिपाही भोली घुँडै मुनि गोली हान्छ भन्ने के आधार छ । बरु प्रहरीलाई घुँडा मुनि गोली हान्ने तालिमको साटो सरकारले आफै नियत सुधारेर प्रहरीलाई पनि नियत सुधार्ने  तालिम दिँदा झनै बेश होला । हैन भने मधेशीहरुलाई आखामा धुल हाल्ने प्रयास गरेर मुर्ख बनाउँन नखोजे हुन्छ ।   


यसमा तपाईको मत