• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

संघीय लोकतन्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाको लागि नेपाली कांग्रेसमा मतदान ः रामकृष्ण यादव

संघीय लोकतन्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाको लागि नेपाली कांग्रेसमा मतदान ः रामकृष्ण यादव
मिथिलाञ्चल समाचारदाता
मंसिर ६ गते,धनुषा ।
धनुषा निर्वाचन क्षेत्र नं। २ का प्रतिनीधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले संघीय लोकतन्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाको लागि नेपाली कांग्रेसमा मतदान गर्न आग्रह गरेका छन । यादवले नेपाली काँगे्रस राणा शासन कालदेखि नै लोकतन्त्र जोगाउन संघर्ष गर्दै आइरहेकोले लोकतन्त्रलाई बलियो बनाउन नेपाली काँगे्रसका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरे । उनले भने—मधेशको भावना बमोजिम संविधानको संशोधन कार्यान्वयन गर्न संसदमा नेपाली कांग्रेसको बलियो उपस्थिति रहनु जरुरी छ । मधेशको पक्षमा संशोधन प्रस्ताव नेपाली कांग्रेसकै नेतृत्वमा हुने भएकोले कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरे । 
निर्वाचन क्षेत्र नं। २ अन्तर्गत पर्ने हरिने , दुब्बरकोट हथिलटवा गाउँमा घरदैलो कार्यक्रम र कोण सभालाई  सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं कृषि मन्त्री यादवले कम्युनिष्ट गठबन्धन बहुमत आए देश द्वन्द्वमा फस्ने बताए । कार्यक्रममा सुदेश मंडल नेतृत्वमा एमाले , एमाले , फोरम परित्याग गरि सयौं व्यतिm नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
 


यसमा तपाईको मत