• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

समृद्ध धनुषा निर्माणका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक ः ढुंगाना

समृद्ध धनुषा निर्माणका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक ः ढुंगाना
मिथिलाञ्चल समाचारदाता
मंसिर ६ गते,धनुषा ।
धनुषा निर्वाचन क्षेत्र नं। १ प्रतिनीधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार आनन्द प्रसाद ढुंगानाले समृद्ध धनुषा निर्माणका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । देशलाई समस्यावाट बचाउनकालागि नेपाली काँग्रेसले अनेक कालखण्डमा परिवर्तनको नेतृत्व गरेको भन्दै उनले अव फेरी विकास नेतृत्व काँग्रेसले गर्नुपर्ने बेला आएको बताएका छन ।
निर्वाचन क्षेत्र नं। १ अन्तर्गत पर्ने टोकी , खैरबना , उत्तिमपुर , रामनगर , ढोलबजा , मुसहरी , पर्साहीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगानाले नेपाली कांग्रेसले नै मधेशको अधिकार सुनिश्चित गर्न सक्ने ठोकुवा गरे ।  कार्यक्रममा क्षेत्र नं। १ क का प्रदेश सभा सदस्यका उम्मेदवार  प्रेम किशोर साह , पुर्व जिल्ला सचिव जगत सुन्दर साह , महाधिवेशन प्रतिनीधि बर्तु यादव , प्रदिप यादव , रामपल्टन साह , भोला पंजियार , जिल्ला सदस्य रामलखन यादव , साकिर राईन , पुर्व महाधिवेशन प्रतिनीधि श्यामसुन्दर लगायतका वतmाहरुले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसलाई विजयी बनाउन आग्रह गरे । चुनावी कार्यक्रममा संयौको संख्यामा सहभागिता रहेको थियो ।


यसमा तपाईको मत