• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

नेपाली तेक्वान्दो प्रशिक्षक यौन दुर्व्यवहारको अभियोगमा अमेरिकी जेलमा

नेपाली तेक्वान्दो प्रशिक्षक यौन दुर्व्यवहारको अभियोगमा अमेरिकी जेलमा
मंसिर ६ गते,काठमाडौं ।
बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा नेपाली तेक्वान्दो प्रशिक्षक जेलमा परेका छन् ।
 
अमेरिकाको ओरेगन निवासी ५१ वर्षीय तेक्वान्दो प्रशिक्षक शुद्धोधनमान रञ्जितलाई पक्रेर प्रहरीले वाशिङ्गनको काउन्टी जेलमा हालेको हो ।
 
ओरेगनको बेभर्टनस्थित साउथर्न पार्क वेमा युएस वर्ल्ड क्लास तेक्वान्दो प्रशिक्षण चलाउँदै आएका उनीमाथि चार वर्ष मुनीका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । उनलाई साढे ७ लाख अमेरिकी डलर धरौटी मागिएको छ ।
 
छैटौं डन ब्लाकबेल्ट प्राप्त उनी नेपालका अन्तर्रा्ष्ट्रिय तेक्वान्दो खेलाडी समेत हुन् ।
 


यसमा तपाईको मत