• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

सईले गरे महिला प्रहरीमाथि कुटपिट

सईले गरे महिला प्रहरीमाथि कुटपिट
म्ंसिर ६ गते, सप्तरी।
शान्तिपूर्वक बाँच्न पाउनु र आफ्नो पेशा ब्यवसाय गर्न पाउनु नागरिकको मौलिक अधिकार हो । संविधानमै किटान गरिएको यो अधिकार हनन् हुने वित्तीकै त्यसको कानुनी उपार खोज्न प्रहरीमा जाने व्यवस्था छ । अन्यायमा परेका नागरिकलाई न्याय दिलाउने, कानुनी उपचारका लागि अध्ययन–अनुसन्धान गर्ने र शान्ति सुरक्षाको व्यवस्था मिलाउने काम प्रहरीले नै गर्छ ।
तर सप्तरीमा भने एउटा अनौठो घटना सार्वजनिक भएको छ । नागरिकको सुरक्षा गर्न खटिएकी एक महिला प्रहरी जवान आफ्नै हाकिमबाट असुरक्षित हुनुभएको छ । लहान स्थायी घर भई ईलाका प्रहरी कार्यालय पातोमा कार्यरत अमृता थापा (अधिकारी) लाई उहाँका हाकिम घनश्याम रायले कुटपिट गरेका छन् ।
गएको शनिबार (मंसिर २ गते) बेलुका ६–९ को ड्युटी बसेकी अधिकारीलाई एकाएक सई रायले दुर्व्यवहार गर्दै कुटपिट गरेको प्रहरी स्रोतले नै जानकारी दिएको छ । आफूमाथि हाकिमले कुटपिट गरेपछि अधिकारीले आफ्ना श्रीमान दुर्योधन अधिकारीलाई बोलाउनुभयो तर श्रीमानकै अगाडि पनि रायले उहाँलाई दुर्व्यवहार गर्न नछोडेको श्रोतले जनाएको छ । दुर्योधन पनि ईलाका प्रहरी कार्यालय पातोमै कार्यरत छन् । 
अधिकारी अहिले सांगठनिक रुपमै न्याय खोज्नका लागि जिल्ला प्रहरी कार्यालयमा सप्तरीमा हुनुहुन्छ । प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले उहाँलाई न्याय दिलाउने आश्वासन पनि दिएका छन् । अहिले सई रायलाई जिल्ला प्रहरी कार्यालयमै झिकाइएको छ । तर घटनाको चार दिन बितिसक्दा पनि अधिकारीले न्याय पाउनुभएको छैन ।  डिएसपी ध्रुबकुमार श्रेष्ठले घटनालाई पुष्टि गर्दै पीडित महिला प्रहरीको उजुरीका आधारमा दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमै झिकाएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 
 


यसमा तपाईको मत