• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

नेपाल ईन्टरनेशनल सेरिज ब्याडमिन्टन प्रतियोगिता पुसमा हुने

नेपाल ईन्टरनेशनल सेरिज ब्याडमिन्टन प्रतियोगिता पुसमा हुने
मंसिर ११ गते,काठमाडौं ।
नेपाल ईन्टरनेशनल सेरिज ब्याडमिन्टन प्रतियोगिता आगामी पुसमा काठमाडौंमा हुने भएको छ । आउँदो पुस ६ देखि १० गतेसम्म हुने प्रतियोगितामा नेपाल सहित एशिया तथा अमेरिका महादेशका १९ देशका २ सय २५ जना खेलाडी सहभागि हुनेछन ।
त्रिपुरेश्वरमा रहेको ब्याडमिन्टन कभर्डहलमा हुने प्रतियोगिता विश्व ब्याडमिन्टन महासंघ तथा ब्याडमिन्टन एशिया कन्फेडेरेशनको सहयोग तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुन लागको हो । ८ हजार डलर पुरस्कार राशीको प्रतियोगितामा महिला÷पुरुष एकल र जोडी तथा मिक्स जोडीमा प्रतिस्पर्धा हुनेछ ।
कुल २ सय ५३ वटा खेल हुने र प्रतियोगितामा पुरुष एकलमा १ सय १३, महिला एकलमा ५१, पुरुष जोडीमा ४३ जोडी, महिला जोडीमा १८ जोडी र महिला पुरुषको जोडीमा ३३ जोडीले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । नेपालका लागि अहिलेसम्मकै ठुलो रहने प्रतियोगितामा भारतका सवैभन्दा धेरै ९९ जना खेलाडी सहभागि हुनेछन् ।
 


यसमा तपाईको मत