• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

नेपाल र केन्याबीचको अभ्यास खेल आज

नेपाल र केन्याबीचको अभ्यास खेल आज
मंसिर १७ गते ।
आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलको तयारीका लागि नेपालले आज केन्यासँग अभ्यास खेल खेल्दैछ ।
प्रतियोगिताका लागि युएइमा रहेको नेपालले आज केन्यासँग खेल्न लागेको हो । पहिलो अभ्यास खेलमा केही नयाँ खेलाडीलाई मौका दिँदै ब्याटिङ अर्डर पनि परिवर्तन गरेको नेपालले आज पनि त्यसैलाई निरन्तरता दिने सम्भावना छ ।
आजको खेलमा पनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने सम्भावना रहेकाले नेपाली टीमको कप्तानी शरद भेषावकरले गर्नेछन् ।
 
प्रतियोगिता अन्तर्गत गएको चैतमा कीर्तिपुरमा केन्यासँग भएका दुईमध्ये नेपाल एक खेलमा विजयी भएको थियो । नेपाललले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएइसँग आउँदो वुधबार र शुक्रबार खेल्दैछ ।
 


यसमा तपाईको मत