• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

आइसिसी विश्व क्रिकेट अनतर्गतको खेलमा नेपालले केन्यालाई ६ विकेटले दिए मात

आइसिसी विश्व क्रिकेट अनतर्गतको खेलमा नेपालले केन्यालाई ६ विकेटले दिए मात
मंसिर १८ गते,काठमाडौं ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि खेलेको अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२ ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । नेपालका ललित भण्डारीले चार, आरिफ शेखले दुई तथा करण केसी, सागर पुन र सन्दिप लामिछानेले समान एक एक विकेट लिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४६ तथा शदर भेषवाकरले ३१ रन बनाए । आइतबारको खेलमा पनि नेपालका पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, वसन्त रेग्मी, सोमपाल कामीलाई आराम दिइएको थियो ।  नेपाललले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएइसंग आउँदो बुधबार र शुक्रबार खेल्दैछ । 
 


यसमा तपाईको मत