• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

बम विस्फोटमा घाइते भएका गगनले भने–म संयोगले बचेँ

बम विस्फोटमा घाइते भएका गगनले भने–म संयोगले बचेँ

मंसिर १८ गते, काठमाडौं ।
काठमाडौंको चपलीमा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा काठमाडौं ४ का उम्मेदवार थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ ।

सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले अनलाइनखबरलाई बताए ।

भने, ‘घरदैलो निर्धा्रित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु र्पयो भनेर म र एक जना साथी अगाडि बढेका थियौं । त्यसैले म बचेँ । अरु साथीहरु पर्नुभयो ।’

विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए । एक घन्टा ढिलो घरदैलो सुरु भएको भन्दै उनले भने, ‘लुजुसलाई छिटो लैजान पाइला अघि छिटो चालेकाले म संयोगले बचेँ । तर, मेरो पछाडिको पङ्ती र्पयो ।’
 



यसमा तपाईको मत