• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

बम आक्रमण कायरतापूर्ण कार्यः एमाले नेता बस्नेत

बम आक्रमण कायरतापूर्ण कार्यः एमाले नेता बस्नेत

मंसिर १८ गते,काठमाडौं ।
पूर्व उद्योगमन्त्री एवं एमालेका युवा नेता महेश बस्नेतले चुनावमा आतंक फैलाउने षड्यन्त्रकारीको बम आक्रमणबाट कोहि पनि बिचलित नहुने बताउनु भएको छ ।
वाम गठबन्धनले सोमबार भक्तपुरको कटुञ्जेमा आयोजना गरेको चुनावी सभामा बोल्दै क्षेत्र नम्बर २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उहाँले चुनाव भाड्ने षडयन्त्र अब सफल नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘लगातार चुनावीसभा र चुनाव प्रचारका क्रममा बम आक्रमण भईरहेको छ, नेताको घर र गाडिमा समेत बम राखेर आतंकित पार्ने प्रयास भइरहेको छ, हिजो राति मेरो घरको गेटमा समेत बम राखियो, यस्ता आतंकित पार्ने कार्य कायरताको उपज हो ।’
 



यसमा तपाईको मत