• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

मौन अवधिमा मतदाता शिक्षामा जोड

मौन अवधिमा मतदाता शिक्षामा जोड
मंसिर १९ गते,काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि मंगलबार रातिदेखि मौन अवधि सुरु भएको छ । मतगणना नसकिँदासम्म अब दलहरुले चुनाव सम्बन्धी कुनै पनि गतिधि गर्न पाउँदैनन् । तर निर्वाचन आयोगले मतदाता शिक्षा दिन भने मौन अवधिलाई नै सबैभन्दा धेरै प्रयोग गर्दैछ ।
आयोगले हरेक मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्दै मतदातालाई भोट खसाल्ने तरिका सिकाउँदै छ । स्थानीय तहको चुनावमा परिचयपत्र नलिएका र पछि थपिएका मतदाताले मंगलबार र बुधबार आफ्नो मतदान केन्द्रमा पुगेर परिचयपत्र लिनुका साथै भोट खसाल्ने तरिका पनि सिक्न पाउँछन् । मतदाता शिक्षाका लागि निर्वाचन आयोगले हरेक मतदान केन्द्रका लागि एकजना स्वयम् सेवक खटाएको छ ।
सोमरबारसम्म प्रचारप्रसारलाई तीव्र बनाएका उम्मेदवारले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाउँदैनन् । तर मतदाता शिक्षाका दिनका लागि भने आयोगले रोक लगाएको छैन । दलका पक्षमा सञ्चार प्रकाशन प्रशारण गरिरहेका विज्ञापन मौन अवधिमा हटाउनु पर्ने भए मतदता शिक्षा सम्बन्धी कुनै पनि समाग्रीमाथि रोक नलगाइएको आयोगका प्रवक्ता नवराज ढकालको भनाई छ ।
मतदाताले आफूलाई मन लागेको उम्मेदवारलाई भोट दिने इच्छा हुँदाहुँदै पनि सामान्य असावधानीले अमूल्य मत खेर जान सक्छ । मत खेर जान नदिन उम्मेदवार तथा मतदाता शिक्षा कार्यकर्तालाई सहजिकरण गर्न आवश्यक छ । आसन्न चुनावमा समानुपातिकतर्फ मत खसाल्न बढी अलमल भएको पहिलो चरणको चुनावले देखाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ फरक फरक मतपत्रमा एउटा मात्र छाप लगाउनु पर्ने भए पनि समानुपातिकतर्फ एउटै पानामा रहेका दुईवटा मतपत्रमा छाप लगाउनु पर्दा मतदाता बढी अलमलिएका छन् ।
अझ गठबन्धन गरेर चुनावमा गए पनि आफ्ना मतदातालाई राम्रोसँग नसिकाउँदा चिन्हका कारण मतदाता अलमलिएको पहिलो चरणमा खटिएका कर्मचारी र दलका कार्यकर्ताको अनुभव छ । जसका कारण आयोग र दल तथा उम्मेदवारलो मौन अवधिलाई मतदाता शिक्षा दिने अवसरका रुपमा प्रयोग गर्न जरुरी छ ।
 


यसमा तपाईको मत