• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

समृद्ध मधेश बनाउने जिम्मा मधेशी जनताकै हाथमा रहेकोः राजपा नेता भंडारी

समृद्ध मधेश बनाउने जिम्मा मधेशी जनताकै हाथमा रहेकोः राजपा नेता भंडारी

मिथिलाञ्चल समाचारदाता मंसिर १९ गते,महोत्तरी ।

राष्ट्रीय जनता पार्टीका अध्यक्ष मंडलका सदस्य सरतसिंह भंडारिले समृद्ध मधेश बनाउने जिम्मा मधेशी जनताकै हाथमा रहेको बताएका छन । महोत्तरी निर्बाचन क्षेत्र नंबर २ को महदैया र बागड़ा मा घरदैलो पछि संचारकर्मी लाई संक्षिप्त प्रतिक्रिया दिदै उनले मधेश आंदोलनको क्रममा निहत्था मधेशी बीर सपूत को हत्या को बदला लिने मौका मधेशी जनता गुमाउन्नहुने बताए । मधेशका सहिदको बलिदानी खेर गए उनको आत्मले शांति नपाउने र त्यसको जिम्मेबार हामी तपाईको नै हुने भएकाले मधेशबादी दलमा मतदान गारि उँहाहरुले देखेको समृद्ध मधेशको सपना पूरा गराउनु पर्छ भंडारीले भने । मधेशीको रगतले लेखिएको अपुरो संबिधान मधेशी जनताले त्यतिबेला पनि ब्लैक आउट गारि बिरोध गरेका थिए र आजपनी बिरोध नै गरेको उनले बताए । अपुरो संबिधानकै आधारमा तपाई हरूपनी चुनाब लड्दै हुनुहुन्छ संबिधान कसरी स्वीकार गर्नु भएन प्रस्नको जबाबमा उनले भने हामी आंदोलन गरयौ भन्दा पनि जनताले आंदोलन गरे भन्दा उपयुक्त हुने र हामीले संबिधान स्वीकार गरेका छैनौ । हामी चुनाब लाई आंदोलन कै रुपमा लिएका छौ । आन्दोलनमा निहत्ता जनताको टाउको र छातीमा गोली हांछ । अब हामी संसद्ममा घेराबंदी गरी मधेशको अधिकारका लागी लड़ाई लड़ने छौ त्यसको लागी जनताको बैलेट को आबस्यक्ता छ उनले भने ।



यसमा तपाईको मत