• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

महोत्तरीमा माओवादी केन्द्रको पार्टी कार्यालयमा आक्रमण, प्रदेशसभा उम्मेदवारसहितका नेता घाइते

मंसिर २० गते,जनकपुर ।
महोत्तरीको गौशालामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा मंगलबार राति संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताले आक्रमण गर्दा माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवारसहितका नेता कार्यकर्ता घाइते भएका छन् ।
आक्रमणमा महोत्तरीको क्षेत्र नं. १ प्रदेशसभा (ख) का वाम गठबन्धनका साझा उम्मेदवार भरतप्रसाद साह, गौशाला नगरपालिकाका मेयर शिवनाथ महत्तो लगायतका नेताकार्यकर्ता घाइते भएको माओवादीले जनाएको छ ।
राति कार्यालयमा बसिरहेको बेला झण्डै १२ बजेको समयमा महोत्तरी क्षेत्र नं. ४ मा संघीय फोरम र राजपा नेपाल गठबन्धनका संयुक्त उम्मेदावार लक्ष्मी महतोको नेतृत्वमा आएको नेता कार्यकर्ताको एक हुलले अचानक कार्यालयमा आक्रमण, तोडफोड र नेताहरुलाई घाइते बनाएको वाइसिएल महोत्तरीका अध्यक्ष शंकर महतोले जानकारी दिनुभयो ।
आक्रमणबाट गम्भीर घाइते भएका नेता कार्यकर्तालाई उपचारका लागि जिल्ला बाहिर पठाइएको छ भने समान्य घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको वाइसिएल अध्यक्ष महतोले बताउनुभयो । आक्रमण गर्न एक हुल मान्छे आउँदा सुरक्षा दिन कार्यालयमा बसेका प्रहरी समेत भागेको जनाइएको छ । 
 


यसमा तपाईको मत