• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

चुनाव पर्यवेक्षणका लागि जापानी उप विदेशमन्त्री नेपाल आउँदै

चुनाव पर्यवेक्षणका लागि जापानी उप विदेशमन्त्री नेपाल आउँदै
मंसिर २० गते,काठमाडौं ।
जापानका संसदीय उप(विदेशमन्त्री इवाओ होरी आसन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पर्यवेक्षणका लागि नेपाल आउने भएका छन् । उनी एक पर्यवेक्षक टोलीको नेतृत्व गर्दै बुधबार नेपाल आउन लागेका हुन् ।
 
नेपालका लागि जापानी राजदूतावासद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार होरीको टोलीले बुधबार दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ ।
त्यसअघि टोलीले प्रमुख निर्वाचन आयूक्त अयोधिप्रसाद यादवलाई भेट्नेछन् । अपरान्ह अन्नपूर्ण होटलमा अन्तर्रा्ष्ट्रिय पर्यवेक्षकहरु, काठमाडौंस्थित कुटनीतिक समुदाय तथा विकास साझेदारहरुबीच अन्तरक्रियामा टोली सहभागी हुनेछ ।
 
बिहीबार चुनावका दिन विभिन्न मतदान केन्द्रहरुमा पुगेर टोलीले पर्यवेक्षण गर्ने विज्ञप्तिमा उल्लेख छ । टोली शुक्रबार स्वदेश फर्किनेछ ।
 


यसमा तपाईको मत