• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

निर्वाचन सुरक्षाको लागि भन्दै महोत्तरीमा तिनजना प्रहरी हिरासतमा

निर्वाचन सुरक्षाको लागि भन्दै महोत्तरीमा तिनजना प्रहरी हिरासतमा
रंजन भण्डारी
मंसिर २० गते,महोत्तरी
महोत्तरीमा निर्वाचन सुरक्षाको लागि भन्दै हालसम्म तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी(विप्लव) का एकजना कार्यकतालाई केहि दिन अगाडी प्रहरीले नियन्त्रणमा लिएको छ भने यसै साता सि के राउतका दुईजना अभियन्तालाई निर्वाचन विरोधी शंकास्पद गतिविधी गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी(विपल्व)का जिल्ला कमिटी सदस्य  तिलक भनिने प्राण कुमार लामालाई प्रहरीले कार्तिक ३० गते पक्राउ गरेको थियो । बर्दिवास नगरपालिका १ स्थित बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको थियो । जनकपुर वडा नं. ८ वस्ने  ३६ वर्षिय तिलक भनिने प्राण कुमार लामालाई आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा विपल्व कार्यकर्ताहरुले गतिविधी गर्न सक्ने भन्दै उनलाई निर्वाचन प्रयोजनकै लागि पक्राउ गरिएको प्रहरीको भनाई छ । लामालाई पहिले पनि विस्फोटक पदार्थहरु सहित पक्राउ गरेकोमा जिल्ला अदालतको आदेशमा धरौटीमा छोडिएको थियो । 
यता निर्वाचन विरोधी शंकास्पद गतिविधी गरेको भन्दै प्रहरीले सि के राउतका दुईजना अभियन्तालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्ने हरुमा २४ वर्षिय लोहारपटटी नगरपालिका ९ निवासी फुलचन मुखिया र महोत्तरी गाउपालिका १ निवासी ४९ वर्षिय कोमल यादव रहेका छन । मुखियालाई मंसिर १३ गते र यादवलाई १८ गते साझ पक्राउ गरिएको हो । मुखिया पार्टी प्रशिक्षक र यादव राष्ट्रिय परिषद सदस्य रहेको प्रहरीले जनाएको छ ।
 


यसमा तपाईको मत