• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

सर्लाही ४ का वाम गठबन्धन उम्मेदवारको उम्मेदवारी खारेज

सर्लाही ४ का वाम गठबन्धन उम्मेदवारको उम्मेदवारी खारेज
मंसिर २० गते,सर्लाही । 
सर्लाही ४ का वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपूजन राय यादवले चुनाव लड्न नपाउने भएका छन् ।
सर्वोच्च अदालतले यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यादवले भोलिको चुनाव लड्न नपाउने भएका हुन् ।
न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको हो । पहिलो संविधानसभामा फोरमबाट सभासद रहेका शिवपूजनलाई रातो पासपोर्ट दुरुपयोग गरेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो ।
निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सर्लाही ४ वाम गबठन्धनका उम्मेदवार बिहीन भएको छ ।
 


यसमा तपाईको मत