• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

मौन अवधिमा ३ लाख रुपैयाँसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ

मौन अवधिमा ३ लाख रुपैयाँसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ
मंसिर २० गते, वीरगञ्ज । 
निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।
मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् ।
निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्र र नगद ३ लाखसहित उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय, पोखरीयाले जनाएको छ ।
 
स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अशोक रौनियार, फुलकौलका बासुप्रसाद र बृजेश पटेल रहेका छन् । प्रहरीले भने उनीहरुको परिचय खुलाउन चाहेको छैन ।
ना १ ह ९३३२ नम्बरको अटो रिक्सामा पोखरिया गइरहेका उनीहरुको साथबाट ३ लाख नगद फेला परेपछि अनुसन्धानका लागि नियन्त्रणमा
लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानाकारी दिए ।थप अनुसन्धान भइरहेको छ ।
 
फोटोः फाईल


यसमा तपाईको मत