• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

आफ्नो भोट आफैलाई हाल्न नपाउने ५ नं. प्रदेशका ६ उम्मेदवार

मंसिर २० गते,दाङ ।
बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा प्रदेश नम्बर ५ का ७ जना उम्मेदवारले आफैलाई भोट हाल्न नपाउने भएका छन् ।
दाङ क्षेत्र नं २ बाट वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, प्रदेशसभा तर्फ २ (क) का वाम गठबन्धनका उम्मेदवार एमाले नेता शंंकर पोख्रेल, सोही क्षेत्रबाट कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरे र क्षेत्र नं २ (ख) का वाम गठबन्धनका उम्मेदवार अमरबहादुर डाँगीले आफ्नो भोट आफैलाई हाल्न नपाउने भएका छन् । उहाँहरुको मतदाता नामावलीमा अन्यत्रबाट नाम भएपछि उहाँहरु चारै जनाले आफूले आफैलाई भोट हाल्न नपाउने भएका छन् ।
मतदाता नामावलीमा महराको नाम रोल्पाबाट, शंकर पोख्रेलको नाम दाङको बिजौरीबाट, कमलकिशोर घिमिरेको नाम दाङको रामपुरबाट र अमरबहादुर डांगीको नाम घोराही उपमहानगरपालिका वडा नम्बर १८ बाट रहेकाले उहाँहरु आफूलाई भोट हाल्न पाउने भएका हुन् ।
यसैगरी रोल्पाका झक्कु सुवेदी आँफैलाई भोट हाल्न नपाउने उम्मेदवार मध्यमा पर्नुहुन्छ । रोल्पा सुवर्णावती गाउँपालिका –६, का सुवेदी अहिले काठमाडौं –६, बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ ।
प्यूठानका हरि रिजाल पनि आफैलाई भोट हाल्न नपाउने हुनुभएको छ । प्रदेशसभा ‘क’ बाट प्रदेशसभा सदस्यका लागि वामपन्थी गठबन्धनका उम्मेदवार उहाँ प्रदेश ‘ख’ का मतदाता हुनुहन्छ । रिजालसँग कांग्रेसका तेजप्रसाद भण्डारीको प्रतिस्पर्धा हुँदै छ ।
 


यसमा तपाईको मत