• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

मतदाता नामावलीमा नाम नभए पनि मतदान गर्न पाइने

मतदाता नामावलीमा नाम नभए पनि मतदान गर्न पाइने
मंसिर २० गते,काठमाडौं ।
दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावमा मतदाता परिचयपत्र नभएका मतदाताले पनि भोट खसाल्न पाउने भएका छन् ।
मतदाता नामावलीमा नाम भएका नागरिकको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता परिचयपत्र लिन नसके पनि मतदान गर्न पाउने भएका हुन् ।
बुधबार निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र नभएको खण्डमा नेपाली नागरिकताको प्रमाणपत्र वा ०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा चालक अनुमतीपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटो सहित जारी भएका अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाउने उल्लेख गरेको छ ।
बिहीबार दोस्रो चरणमा ४५ जिल्लामा चुनाव हुँदैछ । 
 


यसमा तपाईको मत