• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

देशभरि उत्साहपुर्वक मतदान हुँदै,धनुषा ३ का उम्मेदवार महतो आफैलाई मत दिन नपाउने

देशभरि उत्साहपुर्वक मतदान हुँदै,धनुषा ३ का उम्मेदवार महतो आफैलाई मत दिन नपाउने
मिथिलाञ्चल समाचारदाता
मंसिर २१ गते,धनुषा ।
म्ांसिर २१ गते विहिबार ४५ जिल्लामा उत्साहजनक तथा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।
निर्धारित समय विहान सात बजे देखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । साथै धनुषामा पनि उत्साहजनक रुपमा मतदान हुँदैछ ।
धनुषा क्षेत्र नम्बर ३ को रोचक चुनावमा नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको रामेश्वर माविबाट मतदान गर्नुहुनेछ ।
त्यस्तै राजपा नेपाल बाट उम्मेदवारी दिएका राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अफुलाई आफैले मतदान गर्न सक्नुहुन्न ।
महतो सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दुर्गा खोभारी जनता माविबाट मतदान गर्नुहुनेछ । तर, महतो यस पटकको चुनावमा धनुषा —३ बाट उम्मेदवारी दिएर नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिसित प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सधंै सर्लाहीबाट चुनाव लड्दै आएका महतो यो पटक धनुषाबाट उम्मेदवार भएकाले आफ्नो मत आफैलाई दिन नपाउने चर्चित नेतामा परेका छन् । 
 


यसमा तपाईको मत