• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

महोत्तरीमा सुरु भयो मतदान

महोत्तरीमा सुरु भयो मतदान
रंजन भण्डारी
मंसिर २१ गते,महोत्तरी ।
महोत्तरीमा दोस्रो चरण अन्तर्गत प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन सुरु भएको छ । चार निर्वाचन क्षेत्रमा  २५८ मतदान स्थल रहेको महोत्तरीको सवै मतदान स्थलहरुबाट मतदान सुरु भइसकेको हो । यता तराई मधेशमा केहि दिन देखि वढेको चिसोले विहानको समय मतदाताहरुको संख्या न्युन देखिएको छ । 
महिला कर्मचारी भएको मतदान स्थल ः
महोत्तरीको एकमात्र महिला कर्मचारी भएको मतदान स्थलबाट समेत मतदान सुरु भैसकेको छ । नमुनाको रुपमा महिला कर्मचारी भएको जलेश्वर स्थित दारुल ओलुम कादरीया रशीदिया मदरसामा समेत मतदाताहरुको सन्तोष जनक उपस्थिति देखिएको छ । यस केन्द्रमा युवा भन्दा पनि पाको मतदाताहरुको संख्या वढी देखिएको हो । यहाका अधिकांश युवाहरु वैदेशिक रोजगारीमा भएका कारण समेत युवा भन्दा पाकोहरुको संख्या नै वढी देखिएको हो । महोत्तरीमा तिन लाख १७ हजार ६८९ मतदाता छन । 
ल.च.मु.मा.वि. मतदान केन्द्रमा फोटो खिच्न रोक ः
जिल्ला सदरमुकाम जलेश्वर स्थित वडा नं. २ को ल.च.मु.मा.वि. मतदान केन्द्रमा संचारकर्मीहरुलाई फोटो खिच्न रोक लगाईएको छ । मतदातालाई मतदान केन्द्रमा सहजता भए वा नभएको भनि कर्मचारी तथा अन्य खुल्ला प्रकृयाहरुको फोटो खिच्न खोज्द सो केन्द्रमा रहेका प्रहरीहरुले फोटो खिच्न नदिने निर्देशन भएकोले तपाईहरुले फोटो खिच्न पाउनु हुन्न भनि रोकेको हो । यता महोत्तरीका प्रहरी उपरिक्षक कुवेर कडायतले फोटो खिच्न पाईने बताएका छन । यद्यपी सो स्थलमा खटिएका महिला असईले फोटो खिच्न बाट रोकेकी हुन । 
सुरक्षा व्यवस्था कडा ः
प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनको लागि महोत्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी समेतको सुरक्षा व्यवस्था कडा देखिएको छ । नेपाल प्रहरीले मतदान स्थल भित्र,शसस्त्र प्रहरीले स्थल वाहिर र नेपाली सेनाले वुलेट प्रुफ ट्यांकर तथा पैदल गस्ती समेत गरि सुरक्षा दिएको हो । 
विना विभागिय मन्त्रीले गरे मतदान ः
क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार तथा विना विभागिय मन्त्री गिरीराज मणि पोखरेलले मतदान गरेका छन । बर्दिवास नगरपालिकाको राजावास स्थित मतदान केन्द्रबाट उहाले मतदान गरेका हुन । यता क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजपा नेता महन्थ ठाकुरले मतदान नगर्ने स्रोतले जनाएको छ ।


यसमा तपाईको मत