• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

महन्थ ठाकुर र राजेन्द्र महतोले भोट हालेनन, महेन्द्र राय यादवद्वारा मतदान

महन्थ ठाकुर र राजेन्द्र महतोले भोट हालेनन, महेन्द्र राय यादवद्वारा मतदान
मंसिर २१ गते,सर्लाही ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले मतदान गर्नुभएको छ ।
उहाँले सर्लाहीको हरिपूर्वा नगरपालिका ९ बसन्तपुरमा रहेको श्रीराम जानकी मठ मन्दिर मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा राय प्रतिनिधिसभाको सदस्य पदको उम्मेद्वार हुनुहुन्छ ।
सर्लाही गृह जिल्ला भएका राजपा नेपालका संयोजक महन्थ ठाकुर र नेता राजेन्द्र महतो भने भोट अहिलेसम्म पुग्नुभएको छैन् । महतो धनुषा क्षेत्र नम्बर ३ बाट र ठाकुर महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार हुनुहुन्छ । महतो र ठाकुर आफ्नै क्षेत्रका मतदान केन्द्रमा घुमिरहनुभएको छ । 
महन्थ ठाकुरले गएको असोजमा भएको स्थानीय तहको चुनावमा पनि मतदान गर्नुभएको थिएन् ।
 


यसमा तपाईको मत