• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

अशक्त व्यक्तिको मत हाल्ने विषयमा सर्लाहीमा झडप, प्रहरीद्वारा हवाई फायर,

अशक्त व्यक्तिको मत हाल्ने विषयमा सर्लाहीमा झडप, प्रहरीद्वारा हवाई फायर,
मंसिर २१ गते,सर्लाही ।
सर्लाहीको कौडेना गाउँपालिका २ मा कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ । जनता मावि फुलपरासी मतदान केन्द्रमा एक जना अशक्त व्यक्तिको मत हाल्न कांग्रेस र राजपा दुवै दलका प्रतिनिधि अघि सरेपछि झडप भएको हो ।
दुई दलका कार्यकर्ता्बिच झडप हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । प्रहरीले हवाई फायर गरेपछि मतदाताबिच भाग दौड मच्चिएको र त्यसक्रममा लडेर ३ जना घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
भागदौडमा लगभग ६०—६५ वर्षकी रामत्ती यादव गम्भिर घाइते भएकी छिन । घाइते यादवकोे सर्लाही जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि बाहिर रेफर गरिएको सर्लाहीका पत्रकार मुकेश कुमारले जनाएका छन । सर्लाही क्षेत्र नम्बर २ मा कांग्रेसका जंगीलाल राय र राजपाका महेन्द्र राय यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
 

 



यसमा तपाईको मत