• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

अखिल किसान महासंघको सातौं सम्मेलन बैशाख २७ देखि बर्दिबासमा

मिथिलाञ्चल समाचारदाता -
महोत्तरी , बैशाख १७ गते । 
 
एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलन यहि बैशाख २७, २८ र २९ गते महोत्तरीको बर्दिबासमा हुने भएको छ । किसान महासंघ (क्रान्तिकारी) ले शुक्रबार बर्दिबासमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनको बिषयमा जानकारी दिएको हो ।
सम्मेलनको उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गर्ने किसान महासंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवं सम्मेलन व्यवस्थापन समितिका संयोजक रामकुमार पौडेलले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन कार्यक्रममा ५० हजार भन्दा धेरैको सहभागिता रहने महासंघले जनाएको छ । सम्मेलनमा २ नम्बर प्रदेशका जिल्लाबाट अघिकतम जनसहभागिता र ७५ वटै जिल्लाबाट किसान प्रतिनिधीहरु सहभागि हुनेछन् । सम्मेलनमा महिलाको प्रतिनिधित्वलाई अनिबार्य गरिएको किसान नेता पौडेलले बताउनुभयो ।
महिलाको प्रतिनिधित्व नगराउने जिल्लाहरुलाई सम्मेलनमा सहभागि गराईने छैन । संगठनमा महिलाको नेतृत्व विकास गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको किसान नेता पौडेलको भनाई छ । सम्मेलनले किसान महासंघ कातिकारीको नयाँ नीति र नेतृत्व चयन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका महोत्तरी जिल्ला अध्यक्ष तुलसी ढुंगाना, उखु तथा चिनी विकास समितिका अध्यक्ष रामचन्द्र सिंह कुशवाहा, महिला नेतृ शशिकला दहाल लगायतको सहभागिता थियो ।
 


यसमा तपाईको मत