• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

धनुषामा ४५ प्रतिशत मतदान

धनुषामा ४५ प्रतिशत मतदान
मंसिर २१ गते,धनुषा ।
बिहान ७ बजेभन्दा केही ढिलो गरी धनुषामा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।
१ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेको धनुषा जिल्लामा ३ सय २७ मतदानस्थल र ५ सय ४८ मतदान केन्द्र छन । दिउँसो ३ बजेसम्ममा ४०—४५ प्रतिशतको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाले जनाएको छ । सबैतिर शान्तिपूर्ण रुपमा मतदान चलिरहेको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले भने–झण्डै ४०—४५प्रतिशत मत खसिसकेको अनुमान हामीले गरेका छौं । परिचय पत्र भएर पनि मतदाता नामावलीमा नाम नभएको भनेर एक दुईवटा गुनासो आइरहेको उनले बताए । धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए । धनुषा जिल्लामा चारवटा प्रतिनिधिसभा र आठ प्रदेशसभाको लागि २ सय १४ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । जसअन्तर्गत चार प्रतिनिधिसभाका लागि ८६ जना र आठ प्रदेशसभाको लागि १ सय २८ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाले जनाएको छ । धनुषा जिल्लामा कुल ४ लाख ४ हजार ६ सय ७६ मतदाता छन् ।
 


यसमा तपाईको मत