• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

निर्वाचन आयोगको लापरबाहीले मतदाता मतदान गर्नबाट बन्चित

निर्वाचन आयोगको लापरबाहीले मतदाता मतदान गर्नबाट बन्चित
मंसिर २१ गते,जनकपुरधाम ।
धनुषाको बटेश्वर गाउँपालिका धनुषा वाडा नम्बर १ स्थित लक्ष्मी मा बि मतदान केन्द्रमा निर्वाचन आयोगको लापरबाहीले गर्दा एक जना मतदाता मतदान गर्न बाट बन्चित भएका छन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उपलब्ध गराएको कार्ड्मा चन्द्र माया लामाको क्रम सख्या ४०० मा नाम रहेको तर हालको पृन्ट्मा नाम नरहेकाले उहालाई मतदान गर्न बाट रोक लगाएको छ । २ किलोमीटर पैद्ल यात्रा गरेर मतदान गर्न आएका लामा यस अघिको चुनावमा भोट खसाए पनि यस पटकको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा भोट हाल्न नपाएकोमा आफुलाइ दुख लागेको गुनासो गरेकी छिन । आफू सङ सरकारले दिएको परिचय पत्र छ । अघिल्लो चुनावमा भोट पनि हालेको हो तर अहिले आफुमाथी अन्याय भएको बताइन् । यता धनुषाको मुख्री निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले अहिलेको पृन्ट्मा नाम नभएकाले भोट हाल्न नपाउने बताउनु भएको छ ।
 


यसमा तपाईको मत