• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

इपिएलका लागि आइसिसीले दियो अनुमति

इपिएलका लागि आइसिसीले दियो अनुमति
मंसिर २९ गत्ते,काठमाडांै ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि अनुमति दिएको छ । आइसिसीले मान्यता दिएसँगै इपिएलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसँगै विदेशी खेलाडी पनि खेल्न पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले यो प्रतियोगिताका लागि आइसिसीको अनुमति आवश्यक थियो । आइसिसीको अनुमति बिना राष्ट्रिय टिमका र विदेशी खेलाडीले खेल्न पाउने थिएनन् । अब भने बाटो खुलेको छ ।
इपिएल आयोजकले मन्जुरी शूल्क बापत आइसिसीलाई २० हजार अमेरिकी डलर तिर्नु पर्नेछ । यो रकम नेपाली क्रिकेटको विकासमा खर्च हुनेछ ।
आइसिसीले यो वर्षको प्रतियोगिताका लागि मात्रै अनुमति दिएको हो । यस्तै आइसिसीले इपिएललाई अनुमति दिएको बारेमा आफ्ना सबै सदस्य राष्ट्रलाई समेत जानकारी दिएको छ । 
 


यसमा तपाईको मत