• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

सिंगापुरलाई हराउँदै नेपाले १६ वर्षमुनिको एसिसी क्रिकेटको उपाधि जित्यो

सिंगापुरलाई हराउँदै नेपाले १६ वर्षमुनिको एसिसी क्रिकेटको उपाधि जित्यो
पुस २ गत्ते,काठमाडौ ।, 
नेपालले १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 
थाइल्याण्डमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो । नेपाललाई जिताउन सूर्य तामाङ र अजयकुमार लोनियाले समान ३–३ विकेट लिए । 
यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धा्रित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका विशालविक्रम केसीले ६३ रन बनाए । ७९ बल खेलेका केसीले ४ चौका र १ छक्कका हाने । यस्तै नट आउट रहेका नारायण जोशीले २३ बलमा ४६ रन बनाए ।
विस्फोटक ब्याटिङ गरेका जोशीले ५ चौका र १ छक्का हानेका थिए । यस्तै सुवास ऐर २२, तृतराज दास १९ तथा सुनिल भण्डारी १५ रनमा आउट भए । 
 


यसमा तपाईको मत