• :
  • :
    • On Air
    • Nepal Khabar
    • Up Next
    • Sapna sapne Rahigel Repeated

समाचार

मुम्बईको एक पसलमा आगलागी, १२ जनाको मृत्यु

मुम्बईको एक पसलमा आगलागी, १२ जनाको मृत्यु
पुस ३ गते ।
भारत मुम्बईको एक पसलमा सोमबार बिहान आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । मुम्बईको साकी–नाका क्षेत्रको खेरानी रोडमा रहेको पसलमा आगलागी भएको हो । बिहान साढे ४ बजे लागेको आगोका कारण पसल भित्रै सुतिरहेका १५ कामदार मध्ये १२ जनाको ज्यान गएको हो । विद्युत सर्ट भएर आगलागी भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । तीनजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीका कारण पसलको एकभाग जलेर नष्ट भएको छ । 
 


यसमा तपाईको मत