• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

इपिएल क्रिकेट आजदेखि, कुन टिममा को को खेलाडी

इपिएल क्रिकेट आजदेखि, कुन टिममा को को खेलाडी
पुस ३ गते,काठमाडौं ।
सबैभन्दा धेरै पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा हुनेछन् । पुस ११ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौ किंग्स इलेभेन र ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स र पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स खेल्नेछन् । उद्घाटन खेलमा सोमबार काठमाडौ किंग्स इलेभेन र ललितपुर प्याट्रिएट्स खेल्नेछन् । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । तर दोश्रो हुने टिमले कति पुरस्कार पाउँछ भन्ने अझैसम्म खुलाइएको छैन । खेल हेर्न साधारण दर्शकको लागि १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । भारत पाकिस्तान श्रीलंका र हङकङ्गका खेलाडीले पनि खेल्ने तीनजनासम्म विदेशी खेलाडी राख्न पाउने नियम अनुसार इपिएलमा सहभागिमध्ये ५ टीमले टिमले विदेशी खेलाडीलाई पनि अनुबन्ध गरेका छन् । जसमा भारतीय, पाकिस्तानी, श्रीलंकाली र हङकङ्गका खेलाडी रहेका छन् । काठमाडौं किङ्स इलाभेनले श्रीलंकाली खेलाडीलाई प्राथमिकता दिएको छ । उसले कप्तानको जिम्मेवारी नै श्रीलंकाका फरवेज महरुफलाई दिएको छ । उनी श्रीलंकाको राष्ट्रिय टिमबाट एकदिवसीय र टेष्ट क्रिकेट समेत खेलिसकेका खेलाडी हुन् । यो टीममा श्रीलंकाका अक्षय फर्नाण्डो पनि अनुबन्ध रहेका छन् । ललितपुर प्याट्रिओट्सले भारतीय खेलाडीलाई मौका दिएको छ । ललितपुरबाट भारतका योगेश नायर सुबोध भाटी र जयकिसन कोल्सावालाले खेल्नेछन् । विराटनगरले हङकङ्गका खेलाडीलाई क्लवमा अनुबन्ध गरेको छ । हङकङ्गका कप्तान बाबर हायथ र अंशुमन रथले विराटनगर वारियर्सबाट खेल्नेछन् । चितवनले भारतका सावेज खान र प्रविन गुप्तालाई अनुबन्ध गरेको छ । त्यस्तै पोखराले पाकिस्तानका आशिफ अलि, ताज वाली र असरुल्लाहलाई अनुबन्ध गरेको छ । 


यसमा तपाईको मत