• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

एन्टाको अधिवेशन समपन्न, अध्यक्षमा अरुण कुमार ठाकुर सर्वसम्मतिले निर्वाचित

एन्टाको  अधिवेशन समपन्न, अध्यक्षमा अरुण कुमार ठाकुर सर्वसम्मतिले निर्वाचित
पुस ३ गत्ते ।
अष्ट्रेलियामा रहेका तराईबासीहरुको संगठन एसोसिएसन अफ नेपलीज तराईयन ईन अष्ट्रेलिया एन्टाको अध्यक्षमा अरुण कुमार ठाकुर निर्वा्चित भएका छन् । 
सिड्नीको ग्रयान्भिल स्थित एक होटलमा भएको एन्टाको अधिवेशनमा अरुण कुमार ठाकुर अध्यक्ष पदमा निर्वा्चित भएका हुन् । उनी सन् २००९ यता एन्टाका उपाध्यक्षको रुपमा आफ्नो कार्यभार सम्हाल्दै आएका थिए । अध्यक्ष पदका लागि अर्का प्रत्यासि वरुण कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ठाकुर सर्वसम्मतिले अध्यक्ष पदमा निर्वा्चित भए । उपाध्यक्षमा भने युवा व्यवसायी रंजित कुमार साह चुनिए । उनको विरुद्ध अर्काे उम्मेदवारी नपरेपछि साह सर्वसम्मतिले नै उपाध्यक्षमा चुनिए । त्यसतै सचिवमा तुलसी साह, कोषाध्यक्षमा सनथ गुप्ता र सह(कोषाध्यक्षमा राम प्रवल चौधरी चुनिए । कार्यक्रम संयोजकमा भने प्रभाकर साह र सह(संयोजकमा संतोष गुप्ता सर्वसम्मतिले निर्वा्चित भए । त्यसतै कार्यसमिति सदस्यमा भने रोशन गुप्ता, अभिशेख कुमार झा, जुमादिन हवारी, अशोक यादव, अन्जु साह, विभा मिश्रा, संगिता साह, परमानन्द साह र सन्दिप रौनियार चुनिए । अगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चुनिएको हो । अधिवेशन पछि नवनिर्वा्चित अध्यक्ष ठाकुरले “युवा जोश र अनुभवि पदाधिकारीहरुको मिश्रणले एन्टालाई नयाँ गति प्रदान गर्ने र एन्टा गठनको उद्देश्यमा पूरा गर्न यो कार्यकाल महत्वपूर्ण हुने बताए । अधिवेशनमा निवर्तमान अध्यक्ष सुभान्स साहले आफ्नो कार्यकालमा एन्टाले एउटा पहिचान बनाएको बताउदै नयाँ कार्यसमितिले एन्टा मार्फत तराईबासीहरुको सामाजिक, संस्कृतिक, शैक्षिक र आर्थिक विकासमा मद्दत पुर्याउने आशा व्यक्त गरे । अधिवेशन पश्चात न्यु साउथ वेल्सको २०१७ को उच्च माध्यमिक तहको परिक्षामा ९८.७ प्रतिशत अंक ल्याएर १ प्रतिशत भित्र पर्न सफल विद्यार्थी विवेक मिश्रालाई सम्मान गरियो । विवेक मिश्र महोत्तरी जिल्लाको बथनाहा गाबिसका अंगद प्रसाद मिश्र र विभा मिश्रका जेष्ठ सन्तान हुन् । उनी कक्षा ६ देखि सिड्नि स्थित फोर्ट स्ट्रिट हाई स्कुलबाट उच्च माध्यमिक पढाइ पूरा गरेका हुन् ।
 


यसमा तपाईको मत