• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

साउदी अरेबियाको राजधानी रियादमा हुथी बिद्रोहीले र्गयो मिसाइल प्रहार

साउदी अरेबियाको राजधानी रियादमा हुथी बिद्रोहीले र्गयो मिसाइल प्रहार
पुुष ५ गत्ते ।
यमनमा सशस्त्र संघर्ष गरिरहेको हुथी बिद्रोहीले साउदी अरेबियाको राजधानी रियादमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले यमनमा हुथी ब्रिदोही विरुद्ध सन् २०१५ को मार्चदेखि कारवाही अभियान चलाउँदै आएको छ । हुथी बिद्रोहीको टेलिभिजन अल मसिराहले बुर्कान एच टू ब्यालेस्टिक मिसाइल साउदी अरेबियाको राजधानी रियादमा रहेको अल–यामामा दरबारमा लक्षित गरी प्रहार गरिएको दाबी गरेको छ ।
प्रत्यक्षदर्शीले रियादमा आफूहरुले विस्फोटको आवाज सुनेको बताएका छन् । उनीहरुले धुवाँको मुस्लोसहितको तस्बिर पनि पोस्ट गरेका छन् । अहिलेसम्म विस्फोटबाट कुनै मानवीय वा भौतिक क्षति भएको खबर आएको छैन । साउदी अरेबियासहितको गठबन्धनले हुथी बिद्रोहीलाई इरानले मिसाइल उपलब्ध गराउँदै आएको आरोप लगाउने गरेका छन् । तर इरानले भने आरोप अस्वीकार गर्दै आएको छ । 
 


यसमा तपाईको मत