• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

म्यानमारमा संयुक्त राष्ट्रसंघलाई ‘नो इन्ट्री’, रखाइनमा सामूहिक चिहान

म्यानमारमा संयुक्त राष्ट्रसंघलाई ‘नो इन्ट्री’, रखाइनमा सामूहिक चिहान
पुस ६गत्ते ।
म्यानमारले संयुक्त राष्ट्रसंघका मानवअधिकार अनुगमनकर्तालाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । म्यानमानरमा मानवअधिकारको अवस्था बारे अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत याङंग्ही लि आउँदो जनवरीमा म्यानमार जाने तयारी थियो । तर म्यानमारले याङ्ग्हीलाई आफ्नो देश आउन नदिने बताएको हो । याङ्ग्हीले देशमा मानवअधिकारको समग्र अवस्थासहित रखाइन प्रान्तमा रहेका रोहिंग्या मुसलमानमाथि भएको हिंसाका बारेमा पनि अनुगमन गर्ने तयारी गर्नुभएको थियो ।  तर म्यानमार सरकारले उहाँलाई आउनै नदिने बताएको हो । याङ्ग्हीले विज्ञप्ति निकालेर आफूलाई म्यानमार सरकारले प्रवेश गर्न नदिने बताएको उल्लेख गर्नुभएको छ । म्यानमार सरकारको यो निर्णय निकै गलत तथा आपत्तिजनक रहेको उहाँको भनाई छ ।
म्यानमारका अधिकारीले मंगलबार रखाइन प्रान्तको एक गाउँमा १० जनाको सामूहिक चिहान फेला परेको बताएका थिए । रखाइन प्रान्तमा गएको अगस्टदेखि सुरु भएको रोहिंग्या मुसलमानमाथिको हिंसाका कारण अहिलेसम्म ६ लाख ५० हजार भन्दा बढी रोहिंग्या छिमेकी देश बंगलादेशमा विस्थापित भएका छन् । रोहिंग्यामाथि भएको हिंसाको अन्तर्रा्ष्ट्रिय स्तरमा विरोध भएको छ । यस्तै संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।
यसैबिच म्यानमार सरकारले विस्थापित रोहिंग्या समुदायलाई फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने पनि बताएको छ । शरणार्थीका रूपमा बंगलादेशको ढाका लगायतका विभिन्न ठाउँमा पुगेका रोहिंग्यालाई स्वदेश फिर्ता गराउने प्रक्रिया अबको १० दिनपछि सुरु गर्ने प्रतिबद्धता म्यानमारले जनाएको छ । 
 


यसमा तपाईको मत