• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

अस्ट्रेलियाको मेलबर्नमा कार आक्रमण, १५ जना घाइते

अस्ट्रेलियाको मेलबर्नमा कार आक्रमण,  १५ जना घाइते
पुस ६ गत्ते ।
अस्ट्रेलियाको मेलबर्नमा भीडमा कार जोत्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
कार फ्लिन्डर्स स्ट्रीटमा कैयौं पैदलयात्रीसँग ठोक्किएको थियो । यो शहरको केन्द्रमा रहेको भीडभाडयुक्त इलाका हो । राज्यको एम्बुलेन्स सेवाले १३ जनालाई अस्पताल लगिएको बताएको छ । कम्तीमा अन्य दुईलाई घटनास्थलमा उपचार गरिँदैछ । प्रहरीले मानिसलाई उक्त क्षेत्रमा नजान चेतावनी दिएको छ । यो घटना आतंकवादसँग सम्बन्धित भए नभएको कुनै संकेत नपाइएको प्रहरीले बतायो । कारचालक र अन्य एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । 
घटना स्थानीय समयअनुसार दिउँसो साढे चार बजे भएको थियो । प्रिस्कूल उमेरको एक बालकलाई टाउकोमा गम्भीर चोटपटक लागेकाले अस्पताल लगिएको भिक्टोरिया एम्बुलेन्सले जानकारी दियो । 
एक प्रत्यक्षदर्शीले भने, ‘कारले सबैलाई कुल्चिँदै गयो अनि मानिसहरू यताउता उडिरहेका थिए ।’
अर्का प्रत्यक्षदर्शीले यो घटना करीब १५ सेकेन्डसम्म चलेको बताए ।
 


यसमा तपाईको मत