• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

ईपीएलः कृष्ण कार्कीले अन्तिम बलमा चौका हान्दै भैरहवालाई जिताए

ईपीएलः कृष्ण कार्कीले अन्तिम बलमा चौका हान्दै भैरहवालाई जिताए
पुस ६ गत्ते,काठमाडौं ।
आठौं नम्बरका ब्याट्सम्यान कृष्ण कार्कीले इनिङको अन्तिम बलमा चौका प्रहार गरेपछि शरद भेषावकरको टोली भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग ईपीएलमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
ललितपुर प्याट्रियट्सले १४२ रनको लक्ष्य पछ्याएको भैरहवाले ६ विकेट गुमाएर इनिङको अन्तिम बलमा जित हासिल गर्दा कृष्ण कार्कीको चौका निक्कै महत्वपूर्ण रहृयो । १९.५ ओभरमा रोहितकुमार पौडेल रनआउट भएपछि आएका कार्कीले सुबोध भाटीको बलमा चौका प्रहार गरे ।
त्यसोत भैरहवाको जितमा रोहित पौडेलको इनिङ सबैभन्दा निर्णायक थियो । उनले ११ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरेपछि भैरहवाको जितको आधार तय भएको थियो । त्यसअघि पुनित विष्टले पनि अर्धशतकीय पारी खेलेका थिए । मोहम्मद आरिफ शेख २७ रनमा अविजित रहे ।
बलिङतर्फ ललितपुरका योगेश नागरले २ विकेट लिए ।
यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका लागि योगेश नागरले ५४ रनको अर्धशतकीय पारी खेले पनि कप्तान ज्ञानेन्द्र मल्ले पनि ४२ रन बनाए । मध्यक्रमका अन्य व्याट्सम्यानको प्रदर्शन सन्तोषजनक नहुँदा ललितपुरले पराजय ब्यहोर्नुर्पयो ।
बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ तथा पुनित मिश्र र आरिफ शेखले २र२ विकेट लिए । खेलको म्यान अफ द म्याच पुनित विष्ट चुनिए ।
 


यसमा तपाईको मत