• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

२०१९ मा हुने विश्वकपमा भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी खेल्ने पक्का

२०१९ मा हुने विश्वकपमा भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी खेल्ने पक्का
पुस १० गत्ते ।
भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी सन् २०१९ मा हुने विश्वकपमा खेल्ने पक्का जस्तै भएको छ ।
धोनीको विकल्पका रुपमा रहेका कुनै पनि विकेटकिपरले राम्रो प्रदर्शन नगरेका कारण धोनीको विश्वकप यात्रा पक्का भएको हो ।
भारतीय क्रिकेट टिमका मुख्य छनोटकर्ता एमएसके प्रसादका अनुसार अहिलेको  भारतीय क्रिकेट टिममा धोनी सबैभन्दा उत्कृष्ट विकेटकिपर हुन् । 
यसअघि अगष्ट महिनामा प्रसादले धोनीले राम्रो खेल नखेले धोनीको विकल्पको बारेमा सोच्ने बताएका थिए । प्रसादको यस्तो बयानपछि धोनीका समर्थकहरुले सामाजिक सञ्जालमा उनको चर्को विरोध गरेका थिए । 
प्रसादको यस्तो प्रतिक्रिया आएपछि ३२ वर्षीय दिनेश कार्तिकलाई दोश्रो विकेटकिपरका रुपमा मौका मिलेको छ । समाचार एजेन्सी पीटीआइका अनुसार शनिबार दक्षिण अफ्रिकाविरुद्धको खेलका लागि टिम घोषणाका क्रममा सोध्दा प्रसादले भने, ‘हामीले केही विकेटकिपर तयार गरिरहेका छौँ । तर विश्व कपसम्म धोनी नै विकेटकिपर रहनेछन् । त्यसपछि मात्र हामी अर्को विकेटकिपर तयार गर्न सुरु गर्नेछौँ ।’ प्रसादले भने, ‘महेन्द्र सिंह धोनी अहिले पनि विश्वकै एक नम्बरका विकेटकिपर हुन् । उनले दोहोर्याए, ‘भारतीय क्रिकेटमा मात्र होइन दुनियामै अहिले धोनी बराबरको कोही विकेटकिपर छैनन् ।’ 
धोनीले श्रीलंकासामु उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । यसका अलावा उनले अष्ट्रलिया र चेन्नई वान डेमा पनि हाफ सेन्चुरीको तारिफ पाएका थिए ।
प्रसादको यो बयानपश्चात् २०१९ मा हुने विश्वकप क्रिकेटमा भारतीय टिमका विकेटकिपर धोनीनै हुने निश्चित छ ।प्रसादको यो कुरा ऋषभ पंत र संजू सैमसन जस्ता विकेटकिपरका लागि चिन्ताको विषय बन्न सक्छ । तर प्रसादले भने, ‘म स्पष्ट रुपमा भन्छु कि धोनी अहिलेसम्म हामीले सोचेको स्तरमा पुग्न सकेको छैन । फेरि पनि हामी मौका दिदैँछौँ । हेरौँ भविष्यमा कस्तो प्रदर्शन गर्न सक्नेछ ।’ 
 


यसमा तपाईको मत