• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

अफ्रिकाकै चर्चित पूर्व फुटवल खेलाडी लिबेरियाको राष्ट्रपतिमा विजयी

अफ्रिकाकै चर्चित पूर्व फुटवल खेलाडी लिबेरियाको राष्ट्रपतिमा विजयी
पुस १४ गत्ते ।
पूर्व फुटवल खेलाडी जर्ज उएच लिबेरियाको राष्ट्रपतिमा विजयी भएका छन् । लिबेरियाकै उपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गर्दै उनी राष्ट्रिपतिमा विजयी भएका हुन् । 
लिबेरियाको निर्वाचन आयोगले पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी भएको जनाएको छ । चुनावमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । 
चुनावको परिणमपछि पूर्व फुटवल खेलाडीका समर्थकले त्यहाँको निर्वाचन कार्यालय अगाडि विजय उत्सव मनाइरहेका छन् । ५१ वर्षीय जर्ज अफ्रिकाकै सबैभन्दा चर्चित फुटवल खेलाडि हुन् । जर्जले सन् १९९० मा पेरिस सेन्ट जर्मेन र एसी मिलेबाट फुटवल खेलेका थिए । उनी चेल्सी र मेन्चेष्टर सिटिमा आवद्व भएर पनि फुटवल खेले । 
 


यसमा तपाईको मत