• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदै

इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदै
पुस १५ गत्ते ।
इरानमा सरकारी विरोधी प्रर्शन चर्किँदै गएको छ । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन अहिले देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको हो ।
मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनमा इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो । अहिले राजधानी तेहरानसहितका देशका धेरै शहरमा प्रदर्शन भएको छ । तेहरानबाट प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
इरानमा सन् २००९ पछि भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००९ मा विवादित चुनावपछि ठूलो प्रदर्शन भएको थियो । बिहीबार मशहदमा भएको प्रदर्शनको क्रममा प्रहरीले ५२ जनालाई पक्राउ गरेको थियो ।
सरकारले मानिस भेला भएर प्रदर्शन नगर्न भन्दै चेतावनी जारी गरेको थियो । तर सामाजिक सञ्जालमा प्रदर्शनको पक्षमा उभिन आग्रह गरिएको छ । सामाजिक सञ्जालमा राखिएको एक भिडियोमा करमनशाह शहरमा शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मी्बिच झडप भएको देखिएको छ । इरानमा यस्तो किसिमको सरकार विरोधी प्रदर्शन निकै कम हुने भएकाले सरकार चिन्तामा रहेको बिबिसीले जनाएको छ ।
देशको अर्थ व्यवस्थामा आएको समस्याका कारण राष्ट्रपति हसन रुहानी समस्यामा हुनुहुन्छ । दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरोधमा सुरु भएको आन्दोलनले सरकार विरोधी प्रदर्शनको रुप लिएपछि उहाँ थप समस्यामा पर्नुभएको छ । 
 


यसमा तपाईको मत