• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि भिडन्त आज

नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि भिडन्त आज
पुस १६ गत्ते,काठमाडौं ।
 
पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा आइतबार हुँदैछ ।  प्रतियोगिताको उपाधिका लागि आइतबार सुनसरी–११ र मोरङ–११ विच फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।
 
दिउँसो २ बजेदेखि फिदिम माविको खेल मैदानामा हुने खेलमा दुवै टोलीले उपाधि आपनो पक्षमा पार्ने दाबीका साथ मैदान उत्रिँदै छन् ।
 
प्रतियोगिताको सेमिफाइनलमा सुनसरीले अग्नि रुपन्देही र मोरङले विर्ता युनाइटेड झापालाई पराजित गर्दै फाइनलमा आएका हुन् ।
 
विजेताले ट्रफिसहित नगद ३ लाख र उपविजेताले ट्रफिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक फिदिम स्र्पाेटिङ क्लबले जनाएको छ ।


यसमा तपाईको मत