• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

इरानमा सरकार विरोधी प्रदर्शन चर्कियो, दुई जनाको मृत्यु

इरानमा सरकार विरोधी प्रदर्शन चर्कियो, दुई जनाको मृत्यु
पुस १६ गत्ते ।
मूल्यवृद्धिबिरुद्ध शुरु भएको प्रदर्शनका क्रममा इरानमा दुई जनाको ज्यान गएको छ । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरुको मृत्यु भएको हो । 
 
प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । राष्ट्रपतिले भने तीन दिनयता जारी प्रदर्शनमा सामेल नहुन चेतावनी दिएका छन् ।
 
यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान सरकारलाई जनताको सम्बोधनको माग गर्न सुझाव दिएका छन् । ट्रम्पले इरानमा प्रदर्शन चर्केकामा अमेरिकाको ध्यानाकर्षण भएको भन्दै जनताको अधिकारको सम्मान गर्न आग्रह गरेका छन् । 
 


यसमा तपाईको मत