• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

आज दीपिका पादुकोणको जन्मदिन

आज दीपिका पादुकोणको जन्मदिन

पुस २२ गत्ते 

बलिउडकी नायिका दीपिका पादुकोणको जन्म १९८६ जनवरी ५ भएको थियो । आज उनी ३२ वर्षकी भइन् । मोडलिङबाट आफ्नो करियर सुरु गरेकी दीपिका आज बलिउडकी चर्चित नायिका मध्येकी एक बनेकी छिन् । 

उनले सन २००६ मा एक कन्नड फिल्मबाट अभिनयको यात्रा सुरु गरेकी थिइन । त्यसपछि दीपिकाले शाहरुख खानको ‘ओम शान्ति ओम’बाट बलिउडको यात्रा सुरु गरिन् । दीपिकाको बाल्यकालेखि आजसम्म उनको जीन्दगीसँग जोडिएका केही खास कुरा जानौं । 

दीपिकाको जन्म भारतमा नभइ डेनमार्कको शहर कोपनहेगनमा भएको थियो । जब उनी ११ महिनाकी भइन्, त्यस पश्चात उनको परिवार भारतको बैंगलोर बसाई सरेको थियो । दीपिकाका बुवा एक भारतीय ब्याटमिन्टन खेलाडी हुन ।  उनकी पाँच वर्ष कान्छी एक बहिनी छिन । उनी पनि खेलाडी हुन । 

दीपिकाले कलेजको समयदेखि नै मोडलिङ सुरु गरेकी थिइन । त्यसपछि विभिन्न विज्ञापनमा काम गरिन । उनले काम गरेका विज्ञापनमध्ये लिरिल एण्ड लिम्का गर्लको रुपमा चर्चित पनि भइन् । हाल उनी नेस्क्याफे, पेप्सीलगायत अन्य धेरै विज्ञापनमा काम गरिरहेकी छिन् ।  

दीपिकाले बलिउडमा कयौं हिट फिल्ममा काम गरेकी छिन् ।  ओम शान्ति ओम, ये जवानी हे दिवानी , चेन्नई एक्सप्रेस, ककटेल, रेस, रामलिला र बाजिराव मस्तानी । उनले पहिलो फिल्म ‘ओम शान्ति ओम’ बाट आईफा अवार्ड पाएकी थिइन् । 

दीपिकाले साउथ फिल्मका सुपरस्टार रजनीकांतसंग एनिमेशन फिल्म कोचाडियानमा काम गरेकी छिन । फिल्ममा अभिनयसँगै दीपिका ‘लिव, लव, लाफ’ नामको संस्था (एनजिओ) पनि संचालन गरिरहेकी छिन् । 

२०१७ मा दीपिकाले हलिउडमा पनि काम सुरु गरिन, उनले हलिउड फिल्म ‘ट्रीपल एक्स रिटर्न अफ जेण्डर केज’ मा अभिनय गरेकी थिइन् । 



यसमा तपाईको मत