• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal dallan

समाचार

सोमबारदेखि धनुषाका निजि विद्यालयहरु ३ दिन बन्द हुने,परिक्षा पनि सारियो

सोमबारदेखि धनुषाका निजि विद्यालयहरु ३ दिन बन्द हुने,परिक्षा पनि  सारियो
पुस २४ गत्ते,धनुषा ।
जाडोका कारण सामुदायिक विद्यालयहरु बन्द रहेकै बेला धनुषाका निजि विद्यालयहरुलाई पनि सोमबार  २४ गतेदेखि तीनदिनका लागि बन्द गरिएको छ । जाडोबाट बालबालिकालाई समस्या भइरहेकाले प्यब्सन र एनप्याब्सनको जनकपुरमा आज बसेको संयुक्त बैठकले तीन दिन बन्द सम्बन्धि निर्णय गरेको छ । निजि विद्यालयमा अहिले परीक्षा चलिरहेको छ । परीक्षा पनि तीनदिनका लागि सारिएको जानकारी प्यब्सन धनुषाका अध्यक्ष विश्वलाल सिंहले दिएका छन ।
साथै,प्रतिकूल मौसमका कारण सिरहा जिल्लाका सामुदायिक विद्यालय माघ १ गतेसम्मका लागि बन्द गरिएको छ ।बढ्दै गएको चिसोका कारण सामुदायिकमा बिद्यार्थीहरुको उपस्थिति कम भएको र आबजाबतमा समस्या भएको मध्य नजर गर्दै बिभिन्न शिक्षक संघसंगठन र जिल्ला शिक्षा कार्यालयले आज (आइबार) देखी माघ १ गतेसम्मका लागि सामुदायिक बिद्यालय बन्द गर्ने निर्णय गरिएको एकिकृत अखिल शिक्षक संगठगन सिरहाका अध्यक्ष प्रमोद सिंहले जानकारी दिएसिरहामा कुल चार सय २३ सामुदायिक विद्यालय रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।यता, चिसोका कारण सिरहामा सामुदायिक बिद्यालय माघ १ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेपनि निजि बिद्यालयले स्कुल संचालन नै राखेका छन् ।सिरहामा जाडोले ३ जनाको मृत्यु भइसकेको छ भने चिसोका कारण स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । चिसो मौसमका कारण सर्वसाधारण घरबाट कमै निस्कने गरेका छन् भने निजी विद्यालयका विद्यार्थीहरु जाडोको बेला पनि थर्थर काम्दै विद्यालय जान बाध्य छन् ।प्रतिकूल मौसममा पनि परीक्षाको नाममा विद्यालय सञ्चालन गरेर केही निजी विद्यालयले स–साना बालबालिकाको स्वास्थ्यमाथि खेलबाड गरिरहेको अभिभावकको गुनासो छ ।
 


यसमा तपाईको मत