• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

भारतले पाकिस्तानसँगको सीमामा १४ हजार बंकर बनाउँदै

भारतले पाकिस्तानसँगको सीमामा १४ हजार बंकर बनाउँदै
पुस २४ गत्ते ।
जम्मू कश्मीर सीमामा भारतले १४ हजार भन्दा  बढी बंकर बनाउने भएको छ । 
नियन्त्रण रेखा तथा अन्तर्रा्ष्ट्रिय सीमामा भारतले सामुदायिक र निजी गरी ठूलो संख्यामा बंकर बनाउन लागेको हो । अधिकारीहरुका अनुसार भारतले पुंट र साजौरी जिल्लामा एलओसीको नजिक झण्डै ७२९८ बंकर बनाउँदैछ । 
त्यस्तै सांबा जिल्लामा ७१६२ भूमिगत बंकर बनाइँदैछ । केन्द्र सरकारले सीमामा बस्ने नागररिकलाई निजी तथा सामुदायिक बंकर निर्माणका लागि झण्डै ४सय १५ करोड रुपैयाँ बजेट छुट्याएको छ । 
अधिकारीहरुले बताए अनुसार १३ हजार २९ निजी बंकर तथा १ हजार ४ सय ३१ सामुदायिक बंकरको निर्माण गरिँदैछ । निजी बंकरको क्षेत्रफल १६० वर्ग फुट हुनेछ, जसमा ८ जना मानिस बस्न सक्नेछन् । त्यस्तै ८ सय वर्ग फुटको सामुदायिक बंकरमा ४० जना अट्नेछन् । 
 
पाकिस्तानसँग भारतको ३३२३ किलोमिटर सीमा जोडिएको छ । जसमा २२१ किलोमिटर अन्तर्रा्ष्ट्रिय सीमा र ७४० किलोमिटर एलओसी अथार्त जम्मू कश्मीरसँग जोडिएको छ ।
 
भारत र पाकिस्तानको बीचमा सीमा विवादलाई लिएर पटकपटक गोलीबारी हुने गरेको छ । 


यसमा तपाईको मत