• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

मेस्सी कीर्तिमानः बार्सिलोनाबाट ४०० खेल, ३६५ ला लिगा गोल

मेस्सी कीर्तिमानः बार्सिलोनाबाट ४०० खेल, ३६५ ला लिगा गोल
पुस २४ गत्ते ।
बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाबाट चारसयौँ खेलमा गोल गर्दै मेस्सीले जर्मन क्लब बार्यन म्युनिखका पूर्व स्ट्राइकर जेर्ड मुलरले बनाएको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
 
अहिले ३९ वर्षका रहेका मुलरले बार्यनबाट तीन सय ६५ गोल गर्दै युरोपका शीर्ष पाँच लिगमा एकै क्लबमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए ।
 
मेस्सीले आइतबार राति लेभान्टेसँगको खेलमा १२ औँ मिनेटमा गरेको गोल ला लिगामा उनको तीन सय ६५ औँ गोल थियो । उनले यो गोलसँगै मुलरको कीर्तिमानमा बराबरी गरेका छन् । यो खेलमा लिडर बार्सिलोनाले लेभान्टेलाई ३–० ले हरायो ।
 


यसमा तपाईको मत