• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

राजपा विद्यार्थी संगठनले शुल्कवृद्धि फिर्तासहित १० बुँदे माग राखी राराब क्याम्पसमा बुझायो ज्ञापनपत्र

राजपा विद्यार्थी संगठनले शुल्कवृद्धि फिर्तासहित १० बुँदे माग राखी राराब क्याम्पसमा बुझायो ज्ञापनपत्र
पुस २४ गत्ते,जनकपुरधाम ।
राजपा विद्यार्थी संगठनले शुल्कवृद्धि फिर्तासहित १० बुँदे माग राखी जनकपुरस्थित राराब क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । 
राजपा विद्यार्थी संगठन राराब क्याम्पस ईकाई कमिटीका अध्यक्ष रामभगत साह नेतृत्वको टोलीले क्याम्पस प्रमुख प्राध्यापक डाक्टर विजयकुमार लाललाई ज्ञापनपत्र बुझाएको हो । राजपा सम्बद्ध विद्यार्थीहरूले शुुल्क वृद्धिको निर्णय स्थगित गर्नुपर्ने, विश्वविद्यालयको क्यालेन्डर अनुसार कक्षा सुचारु हुनुपर्र्ने, ई–लाइब्रेरी तथा नयाँ पाठ्यक्रममा आधारित पुस्तकहरूको व्यवस्था लगायत माँग राखेका छन् । 
ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख लालले प्राध्यापक, कर्मचारी, विद्यार्थी संगठनसहितको छलफल गरेर यी मागबारे अन्तिम निर्णय गर्र्ने बताउनुभयो । 
विद्यार्थी नेताहरूले आफूहरूका माँग तत्काल कार्यान्वयन नगरिए आन्दोलनका थप कार्यक्रम ल्याउने चेतावनी पनि दिएका छन् .।
 


यसमा तपाईको मत