• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

शान्ति र सदभावका लागि धनुषाको तिन स्थानिय तहमा १२ जना च्याम्पियनहरु खटने

शान्ति र सदभावका लागि धनुषाको तिन स्थानिय तहमा १२ जना च्याम्पियनहरु खटने
पुस २४ गत्ते,जनकपुरधाम ।
शान्ति र सदभावका लागि धनुषाको तिन स्थानिय तहमा १२ जना च्याम्पियनहरु खटने भएका छन् । 
सर्पोट नेपालको पहलमा सुन्दर शान्त नेपाल परियोजना अन्तर्गत जनकपुर उपमहानगरपालिका क्षीरेश्वरनाथ नगरपालिका र बटेश्वर गाँउपालिकाका लागि १२ जनाको सञ्जाल निर्माण गरि शान्ति र सदभाव स्थापनाका लागि विभिन्न क्रियाकलाप गरिने सर्पोट नेपालका कार्यक्रम संयोजक मनोज कुमार दनुवारले बताएका छन् । 
सो सञ्जाल निर्माणमा आवयश्क पर्ने १२ जना दक्ष जनशतmी सदस्य पहिचानका लागि स्र्पोट नेपालले जनकप’रमा नागरिक छलफल कार्यक्रम गरेको छ ।. सो क्रममा उपस्थित विभिन्न वर्ग र क्षेत्रका नागरिकहरुले समानुपातिक, लैगिंक, महिला , मुस्लिमको सहभागिता हुने गरि सञ्जाल निर्माण गर्नुपर्ने बताए । 
सर्पोट नेपालका उपाध्यक्ष सुनिल मल्लिकको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत यादव, राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका दिपेन्द्र बहादुर सिंह, महिला विकासकी अधिकृत मिरा मिश्र सहित तिनवटै स्थानिय तहका वडा अध्यक्ष सञ्चारकर्मी, महिला र नागरिक समाजका अगुवाहरुको उपस्थिती थियो ।
 


यसमा तपाईको मत